जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा ४७ प्रतिशतले घट्यो, ईपीएसमा ११ रुपैयाँको गिरावट

महालक्ष्मी विकास बैंकको नाफा ४७ प्रतिशतले घट्यो, ईपीएसमा ११ रुपैयाँको गिरावट

महालक्ष्मी विकास बैंकको नाफा ४७ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ४७.९५ प्रतिशतले घटेको जनाएको हो ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । त्यस्तै, यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३ प्रतिशतले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ । नाफसँगै महालक्ष्मी विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २२ रुपैयाँ ५६ पैसाबाट घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ ।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका