जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कुमारी बैंकले ल्यायो पाँच देखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

कुमारी बैंकले ल्यायो पाँच देखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको योजना अनुसार २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ५ दिनमा १५ गुणा, ८ वर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा र १९ वर्ष ९ महिना १६ दिनमा १०० गुणा धनवृद्धि हुने छ ।

यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने छ ।

2975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका