जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ।  उक्त समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्‍न छुट पाउने बैंकले जनाएको छ।

ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडान गर्दा १५ प्रतिशत तथा २०० एमबीपीएस र ८० एपबीपीएस इन्टरनेट जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राउनेछन्। नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले सुबिसुको वेबसाइटमा गएर दर्ता गर्नुपर्ने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका