जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चरको आठ अर्बको आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चरको आठ अर्बको आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्व बराबरको १००रुपैयाा अंकित दरको आठ करोड) कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।  उक्त आइपीओ निकाष्सनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो  ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  मेख बहादुर थापाले हस्ताक्षर गरेका थिए  ।

नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पूँजी ४० अर्व रुपैयाँ जारी पूँजी २० अर्व रुपैयाा र चुक्ता पूँजी १२ अर्व रुपैयाँ रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्व रुपैयाँ हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ बैशाख २५ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे २०७५ चैत २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको हो ।  बैंकको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर काठमाण्डौंमा रहेको छ ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको  बैंकसँग जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी  गर्दै जाने योजना रहेको छ ।

7660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?