जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबिचको सम्झौता

नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबिचको सम्झौता

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवनबिच बैंकका विशेष धिकार कार्ड होल्डरहरुलाई होटल स्टार चितवनले प्रदान गर्ने सेवा सुविधामा विषेश छुट दिने सम्झौता भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवनका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका विशेष धिकार कार्ड होल्डरहरुले होटल स्टार चितवनको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रमतथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्नेछन ।

बैंकले विभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई विभित्र मापदण्डको आधारमा विशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटल वाट लिने सेवामा छुट लिन सक्ने छन । यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको व्यावसायिक सम्बन्ध तथा व्यावसाय सुदृढ हुने विश्वास बैंकले लिएको छ ।

2285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका