जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न ८.४२ बोनस सेयर पारित

एभरेष्ट इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न ८.४२ बोनस सेयर पारित

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा आज सोमबार सम्पन्न भएको छ । साधारणसभा इन्स्योरेन्सको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा जुममार्फत सम्पन्न भयो ।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले जानकारी दिए ।

कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

8525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?