जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो, लखपति करोडपति खातामा जम्मा गर्नु पर्ने रकम र अवधि घटायो

कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो, लखपति करोडपति खातामा जम्मा गर्नु पर्ने रकम र अवधि घटायो

कृषि विकास बैंकले ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा वृद्धि गरेको हो ।

अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ ।

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्यूनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा, तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ । यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएको बैंकको विश्वास छ ।

साथै वडादशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सेवामा विशेष छुट प्रदान गरेको बैंकले जनाएको छ ।

सेवा प्राप्तिका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ

1955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?