जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नवीकरण नगरेपछि एनटीएले खारेज गर्‍यो नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्राको लाइसेन्स

नवीकरण नगरेपछि एनटीएले खारेज गर्‍यो नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्राको लाइसेन्स

नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेसन प्रालिले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि नबढाएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरिदिएको छ।

नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले नेपाल इन्फ्राको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको सूचना जारी गरेको छ।

नेटवर्क सेवा प्रदायक सञ्चालन गरे बापत नियमानुसार तिर्न/बुझाउन कुनै दस्तुर देखिएमा पनि उक्त रकम तिर्न प्राधिकरणले निर्देशन दिएको छ।

‘बुझाउन वा तिर्न बाँकी कुनै दस्तुर नतिरेमा बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?