जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • अबदेखि आइएमइ पेबाट पनि ट्राफिक जरिवाना तिर्न सकिने

अबदेखि आइएमइ पेबाट पनि ट्राफिक जरिवाना तिर्न सकिने

आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ।

ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवाको भुक्तानीसँगै ट्राफिक फाइन भुक्तानीको सेवा थप गरेको हो।

ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्छन्।

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका