जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वार्षिकोत्सवको अवसरमा गुल्मी जिल्लाका सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । इन्स्योरेन्सले विभिन्न निकायहरुको समन्वयमा व्यवस्थापन गरिएका सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, रेसुङ्गा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव राज खरेल, शिक्षा समन्वय विकास ईकाइका प्रमुख लोकनाथ मरासिनी, महेन्द्र माविका प्रअ कृष्ण प्रसाद मरासिनी तथा शिक्षक शिक्षिका र सन नेपाल लाईफ गुल्मी शाखाका कर्मचारी, अभिकर्ता, मार्केटिङ्ग कोअर्डिनेटरको सहभागिता रहेको थियो ।

चिसो मौसम नजिकिदै गर्दा सडक बालबालिकाहरुलाई न्यानो कपडाले राहत मिल्ने विश्वास कम्पनीले लिएको छ ।

4520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका