जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोनाले बैंक सुपरिवेक्षण विभाग बन्द

कोरोनाले बैंक सुपरिवेक्षण विभाग बन्द

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुमा कोरोना संक्रमण देखिएको असर बैंक तथा वित्तीय संस्थाहरुको साधारणसभामा पर्ने देखिएको छ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी, अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी लगायतका कतिपय विभागीय प्रमुखहरु घरैमा ‘आइसोलेसन’ मा छन्।

अलि बढी संक्रमण बैंक सुपरिवेक्षण विभागका कर्मचारीलाई देखिएकाले त्यहाँको काम प्रभावित भएको छ। साधारणसभाका लागि स्वीकृति दिनुअघि बैंकहरुको प्रतिवेदन अध्ययन गर्नुपर्ने हुन्छ। संक्रमितहरुसँग सम्पर्कमा आएकाहरु आइसोलेसनमा बसेका छन्। तैपनि कतिपयले घरैबाट राष्ट्र बैंकको कामहरु गरिरहेका छन्।

‘संक्रमणका कारण सामान्य अवस्थाभन्दा कामहरु प्रभावित हुने नै भयो,’ राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले भने, ‘संक्रमण भेटिएपछि तीन दिनदेखि विभाग नै सिल गरिएको छ। त्यसैले पनि काम रोकियो।’

राष्ट्र बैंकमा आज आइसोलेसनमा बसेकाहरुको कोरोना परीक्षण गरिँदैछ। त्यसपछि विभाग खोलेर कामहरु अगाडि बढाइने उनले जानकारी दिए। उनी पनि ‘होम आइसोलेसन’ मा छन्।

‘एजीएम स्वीकृति दिनुअघि गम्भीर ढंगबाट बैंकहरुको वित्तीय अवस्था अध्ययन गर्नुपर्ने भएकाले धेरै हतार गर्न पनि मिल्दैन,’ विभागका अर्का एक अधिकारीले भने।

राष्ट्र बैंंकका अनुसार, माछापुच्छ्रे बैंकले साधारणसभाको ‘प्री-एप्रुभल’ पाइसकेको छ। अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ। बिहीबारसम्म स्वीकृति पाए उसले दसैंअघि साधारणसभा गर्न सक्छ।

अन्य केही बैंकले पनि प्री-एप्रुभलका लागि राष्ट्र बैंक सुपरिवेक्षण विभागमा गत वर्षको वित्तीय विवरण पठाइसकेका छन्। स्रोतका अनुसार, बैंक अफ काठमाण्डू, सानिमा, एनआइसी एसिया र सिटिजन्स लगायतका बैंकले वित्तीय विवरण पठाइसकेका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि अन्तिम प्रतिवेदन पठाइसकेको छ। कुल ८ वटा बैंकले प्रतिवेदन पठाइसकेका छन्।

यी बैंकहरुको प्री-एप्रुभलको कामहरु भइरहेको छ। तर, कोरोना संक्रमणका कारण स्वभाविक गतिमा काम हुन सकिरहेको छैन। सामान्य अवस्थामा यतिबेलासम्म लगभग एक दर्जन बैंकले राष्ट्र बैंकलाई प्रतिवेदन बुझाइसक्थे। यसपाली उनीहरुले पनि बुझाउन सकेका छैनन्।

दसैं ढिला भएका बेला सामान्य अवस्थामा करिब दर्जन बैंकले साधारणसभा गरेर सेयरधनीलाई लाभांश बाँडिसक्थे। करिब १०/१२ बैंकले तिहारअघि साधारणसभा सक्थे। बाँकीको पुस-माघ नै पुग्थ्यो। अनुमति दिने निकायकै कर्मचारीहरू धमाधम आइसोलेसनमा बसेपछि छिटै साधारणसभा सक्ने तयारीमा रहेका वित्तीय संस्था पनि प्रभावित हुने देखिएको छ।

6725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका