जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराइज बैङ्कको वार्षिक उत्सवमा साइकल ¥याली

सनराइज बैङ्कको वार्षिक उत्सवमा साइकल ¥याली

सनराइज बैङ्कले स्थापनाको १५औँ वर्ष पूरा गरेको छ । बैङ्कले १५औँ वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सो अवसरमा बैङ्कले आश्विन ८ गते शनिवार साइकल ¥याली गरेको छ । स्वच्छ वातावरण स्वस्थ जिवन भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थित सनराइज बैङ्कको प्रधान कार्यालयबाट सुरु भई काठमाडौँ र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमै आएर समापन भएको थियो । ३५० जना भन्दा बढी कर्मचारीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रूपमा जीवन बाच्न सन्देश दिएको थियो ।

यसै गरी सनराइज बैङ्कले आश्विन ९ गते आइतबार रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रम गरी आफ्नो १५ औँ वार्षिक उत्सव मनाइरहेको सनराइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरूलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका