जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बीमा कम्पनीले सीइओको तलब घटाउन नपाउने

बीमा कम्पनीले सीइओको तलब घटाउन नपाउने

बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा कटौती गर्न नपाउने भएको छ ।

एउटा बीमा कम्पनीबाट अर्को कम्पनीमा जाँदा वा सोही कम्पनीमा नयाँ नियुक्ति गर्दा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको तलव भत्ता तथा सुविधा नघट्ने भएको छ ।

बीमा समितिले बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४ को पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

सीइओ पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा मापदण्ड अनुसार गणना गरिएको निश्चित वार्षिक तलब भत्ता रकम यसअघि प्रदान गरिएको वार्षिक तलव तथा कम हुन आएमा समितिको स्वीकृती लिई अघि प्रदान गर्दै आएको तलव भत्ता रकमसम्म प्रदान गर्न सक्ने व्यवस्था समितिले गरेको हो ।

समितिद्वारा संशोधित मार्गदर्शनको दफा ४ मा ‘बीमकले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा यस उपदफा बमोजिम गणना गरिएको निश्चित वार्षिक तलव भत्ता रकम यस अघि प्रदान गरिएको वार्षिक तलव तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिइ अघि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिनेछ,’ उल्लेख छ ।

बीमा कम्पनीका सीइओले निश्चित वार्षिक तलब तथा भत्ताहरु, कार्य सम्पादनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरु र अन्य सुविधाहरु प्राप्त गर्न सकिने व्यवस्था छ ।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुको सीइओले विगत तीन आर्थिक वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशतसम्म तलब भत्ता पाउन सक्ने व्यवस्था छ ।

यस्तै, जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको हकमा बीमकको विगतको तीन वर्षको आर्थिक वर्षहरुको अन्यको औषत कुल सम्पत्तिको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म सीइओलाई तलव भत्ता तथा सुविधा दिन सकिने मापदण्ड छ ।

उक्त मापदण्डहरुको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ सोही अनुरुपको निश्चित तलव भत्ता प्रदान गरिने मार्गदर्शनमा उल्लेख छ ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?