जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

 सिद्घार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादीस्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चार लाख ९७ हजार दुई सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतना मूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ ।

साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ । समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आईरहेको संस्था, जोन्ता क्लबलाई बैंकले पु-याएको यस सहयोगबाट महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

4495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका