जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपालमा ५ वटा जीवन र ५ वटा निर्जीवन बीमा कम्पनी भए पुग्छ : अध्यक्ष सिलवाल

नेपालमा ५ वटा जीवन र ५ वटा निर्जीवन बीमा कम्पनी भए पुग्छ : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपालको भुगोल अनुसार ५ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनी भए पुग्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनलाई संबोधन गर्ने क्रममा अध्यक्ष सिलवालले नेपालको भुगोल अनुसार अहिलेको बीमा कम्पनीको संख्या अत्यन्तै धेरै भएको बताएका छन् ।

उनले भने ‘हामीले नेपालको भुगोललाई हेर्यो भने बीमा कम्पनीको संख्या एकदमै बढी हो । मलाई सोध्नु हुन्छ र मैले त्यस्तो अवसर पाए भने नेपालमा बीमा कम्पनीको संख्या ५ वटा लाइफ र ५ वटा नन लाइफ हुने हो ।’

नेपालको भुगोल पनि सानो भएको र त्यत्रो ठुलो कारोबार पनि नहुने ठाउँ भएकाले उनको भनाइ छ । यहि कारणले अस्वस्थ प्रतिस्पर्धा भएको उनले बताए । आफु आए पछि उधारो बीमा बन्द गर्नेदेखि लिएर क्यास ब्याक गर्ने काम बन्द भएको उनको दाबी छ ।

यूनियनको अधिवेशनका क्रममा कर्मचारीहरुले बीमा प्राधिकरणले एकातिर मर्जरको नीति लिने र अर्को तर्फ लाइसेन्स बाड्ने काम गर्दा यस विषयमा डिफेन्स गर्न धेरै गाह्रो भएको बताएका थिए । मर्जर हो कि लाइसेन्स थप्ने काम भन्ने विषय बहसको विषय नै नभएको सिलवालको भनाइ छ ।

उनले भने ‘हामीले पूँजी बृद्धि गर भन्या हो । कहि पनि गएर बीमा प्राधिकरणले कसैलाई पनि तिमी मर्जर गरेर आउ भन्या होइन । त्यो अप्सन कम्पनीको हो ।’ उनले थपे, त्यो अप्सन आउने पनि कारण थियो । किनभने पूँजीले दिने प्रतिफल असाध्यै कम थियो । त्यसैले गर्दा एउटा राम्रो निर्णय के भयो भने हामी दुई वटा कम्पनी मिलेर आउदाखेरी हामीले थप पूँजी हाल्नु परेन भन्ने भयो ।

बीमा कम्पनीका लगानीकर्ताले पाइरहेको प्रतिफल बैंकबाट प्राप्त गर्ने व्याज भन्दा धेरै कम रहेको अध्यक्ष सिलवालको भनाइ छ । यस्तो अवस्था आए पछि नेपाल बीमा प्राधिकरणले मर्जरका लागि सहजिकरण गरिदिएको उनले बताए ।

मर्जर हुँदै गर्दा बीमा कम्पनीको संरचना मिलेर मात्रै नहुने भन्दै अध्यक्ष सिलवालले कम्पनीको मनोभावना पनि मिल्ने पर्ने बताए । मर्जर भन्दा अगाडी प्राधिकरणले जानि जानी कुनै कम्पनी अर्को कम्पनी सँग मर्जर हुँदाका बखतमा त्यहाँ कार्यरत कर्मचारीहरुले खाइपाइ आइरहेका पद र सेवा सुविधा घटाउन पाइदैन भनेर निर्देशन जारी गरिएको उनले जानकारी दिए ।

लघु बीमा कम्पनीको लाइसेन्सको विषयलाई लिएर अध्यक्ष सिलवालले भने ‘लाइसेन्स थपिएको होइन । यहाँहरुलाई भ्रम नहोस् । बीमाले जसलाई सेवा दिनु पर्ने हो बीमा कम्पनीले त्यसलाई सेवा दिन सकेन । हामी शहरमा झुम्मियौ । सहरका सम्पत्ती र ठुला ठुला मानिसलाई पनि सुरक्षित गर्यौ । तर निम्न वर्ग, जसलाई बीमाको आवस्यकता छ, जसको जोखिमलाई बहन गरिदिनु पर्छ । उ सँगै जोखिममा रहन्छ । तर हामीले उसलाई कहिल्यै पनि हेरेनौ । त्यस कारणले हामीले लघु बीमा ल्याएका हौ । गत वर्षको तथ्याङ्क हेर्नु होस् २ प्रतिशत बीमा गर्या छ । अनि गाउ दुरदराजमा कहिले पुग्ने । १० वटा हासको कहिले बीमा हुने । एउटा ट्याक्टरको बीमा कहिले हुन्छ । एउटा मान्छेको एक लाखको बीमा कहिले हुन्छ । ५० हजारको घरको बीमा कहिले हुन्छ । त्यो बीमा गराउन ल्याएको हो । त्यसकारणले लाइसेन्स बाडेको होइन । यो मैले भनिरहेको कुरा अवको एक वर्ष पछि थाहा पाउनु हुनेछ । हाम्रो बीमाको कभरेज हेरेपछि तपाईलाई थाहा हुनेछ । हामी एकदम ठिक ट्र्याकमा छौ । हामीले जुन वर्गलाई संबोधन गर्नु पर्ने हो त्यस वर्गका लागि लघु बीमा ल्याइएको हो । भुगोको कुरा गर्नुहुन्छ भने यो संख्या तीन दोब्बर बढी हो ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका