जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • शाइन रेसुङ्गाको चाडपर्व अफरः टपअप कारोबारमा ५ प्रतिशत छुट

शाइन रेसुङ्गाको चाडपर्व अफरः टपअप कारोबारमा ५ प्रतिशत छुट

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसीएल र एनटीसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

त्यसैगरि, बैंकले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्नुहुने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हुवाइ होनर पेड एक्स८ प्राप्त गर्न सक्ने समेत जनाएको छ।

बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा।लिद्वारा सञ्चालित मोको डिजिटल वालेट सँग आवद्ध  भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २ सय जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्न सक्नेछन् ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?