जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन

कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन

नेपाल राष्ट्र बैंकले भोलिदेखि तीन दिनसम्म बैंकका राजश्व शाखा कार्यालयहरु अनिवार्य खोल्न निर्देशन दिएको छ।

केन्द्रीय बैंककले सरकारको राजश्व संकलन गर्ने शाखा तथा काउन्टरहरु अनिवार्य खुला राख्न निर्देशन दिएको हो। भदौ २३,२४ र २५ गते त्यस्ता शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिइएको छ।

बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु तथा नेपाल क्लियिङ हाउसलाई पनि पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

सरकारले पछिल्लो समय राजधानीमा भदौ २४ सम्म निषेधाज्ञा आदेश जारी गरेको छ भने देशका मुख्य सहरहरु पनि निषेाधाज्ञा जारी भएको छ।

निषेधाज्ञाकै बीचमा कर तिर्न आउन राजश्व कार्यालयले पत्र काटेपछि व्यवसायीहरुले आइतबार प्रधानमन्त्रीसँगको भेटमा गुनासो गरेका थिए

7360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका