जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन्स बन्यो साधारणसभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक, यस्ता छन् मर्जरसहितका प्रस्ताव

सिटिजन्स बन्यो साधारणसभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक, यस्ता छन् मर्जरसहितका प्रस्ताव

वाणिज्य बैंकहरु मध्येमा साधारणसभा आह्वान गर्नेमा सिटिजन्स बैंक पहिलो बनेको छ ।  बैंकको बुधबार बसेको संचालक समितिको बैठकले  बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । बैंकले हाल कायाम चुक्ता पुँजीको  ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्तावहरु

१. आ.व. २०७८/७९ को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नै ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकिकृत बासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रबाह विवरण लगायतका बित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३. सञ्चालक सभितिबाट प्रस्ताव गरै अनुसार ९ प्रतिशतका दरले हुन आउने र, १,२७,८०,५७,६६०.९१ बराबरको नगद लाभाश (लाभांश कर समैत) बितरण गर्न स्वीकृत गर्ने ।

४. बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१/ड) र दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आ.व. २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

बिशेष प्रस्तावहरु

१. सिटिजन्स बैंक इन्टरनेसनल लिभिटेड र अन्य उपयुक्त बैक तथा बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति एक्वीजिसन) गर्ने तथा वैदेशिक रणनीतिक साझैदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायीत्व तथा कारोबारको मुल्यांकन गर्ने, राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने वा गाभिने वा प्राप्ती गर्नै सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकिया पुरा गर्ने आवश्यक पर्नै सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

२, बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।

(क) साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७४८,९३ (संस्थापक शेयरघनीहरुले धारण गरेको जम्मा शेयर : साधारण शैयरघतीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने ।

३, बैकको प्रबन्धपत्र तथा नियमावली  संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट आउने निर्देशन बमोजिम थपघट लागायत आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने  ।

1435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका