जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

रेमिट्यान्स तथा मनी ट्रान्स्फर कारोबार गर्ने कम्पनीमध्ये आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनालले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे ।

सम्मान ग्रहणपछि सीईओ पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आईएमईका लागि गौरवको विषय रहेको बताए ।

साथै, विभिन्न देशमा १ सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आईएमईले रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे ।

कर दिवस समारोहमा आईएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाता सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सन् २००१ मा स्थापना भएको आईएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

यस योगदानका आधारमा आईएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिरहेको छ। यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित हुँदै आएको छ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?