जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकहरुको नाफा २६ प्रतिशतले बढ्यो, अर्बपति क्लबमा थपियो गरिमा विकास बैंक

बैंकहरुको नाफा २६ प्रतिशतले बढ्यो, अर्बपति क्लबमा थपियो गरिमा विकास बैंक

गत आर्थिक वर्षमा विकास बैंकहरुकोनाफा २५.९४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेका विकास बैंकहरुले गत आवमा ६ अर्ब ६२ करोड ७८ रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । विकास बैंकहरुको यो नाफावृद्धिदर वाणिज्य बैंकहरुको तुलनामा बढी हो । वाणिज्य बैंकको नाफा २३.१४ प्रतिशत बिन्दुले मात्रै बढेको छ ।

गत आर्थिक वर्षमा देखिएको लगानीयोग्य रकम (तरलता अभाव), बढ्दो ब्याजदर, ब्याजदर बढ्दा वाणिज्य बैंकसँगै ब्याजदरमा गरेका विकास बैंकहरुको नाफामा भने उल्लेख्य सुधार देखिएको छ ।

आठ वटा राष्ट्रिय स्तरका विकास बैंकमा नाफा २ वटा वाणिज्य बैंकको तुलनामा बढी छ । अघिल्लो आवसम्म एक आर्थिक वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ मात्रै रहेकोमा गत आवमा आइपुग्दा अर्बपति क्लबमा गरिमा विकास बैंक पनि थपिएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा मुक्तिनाथ विकास बैंकको नाफा १८.४६ प्रतिशतले बढेर १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आवमा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी गरिमा विकास बैंकले गत आवमा १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंकले नाफा ४४.२० प्रतिशतले बढाएको छ । बैंकले गत आवमा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा ६६ करोड ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ज्योती विकास बैंकको नाफामा भने सामान्य सुधार देखिएको छ । अघिल्लो आवमा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा ५.६६ प्रतिशतले नाफा बढाएर ७० करोड १५ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।

लुम्बिनी विकास बैंकको नाफा पनि ५५.६८ प्रतिशतले बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको बैंकको नाफा ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ थियो ।

साइन रेसुङगा विकास बैंकको नाफा २८.१० प्रतिशतले बढेर ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आवमा ५० करोड ३७ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कामना सेवा विकास बैंकको नाफा ५.४८ प्रतिशतले बढेर ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ प्ुगेको छ । बैंकको नाफा अघिल्लो आवमा ५९ करोड ८१ लाख ७५ हजार रुपैयाँ थियो ।

राष्ट्रिय स्तरका विकास बैंकमा सबैभन्दा कम नाफा नाफा सांग्रिला विकास बैंकको छ । बैंकको नाफा गत आवमा नाफा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । यद्यपि गत आवमा बैंकले ४५.२९ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा बैंकको नाफा ४१ करोड ८० हजार रुपैयाँ थियो

1610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका