जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक

आई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक

देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ । साथै, अधिकतम् बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश समेत रहेको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफुलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ ।

https://fb.watch/feJe_aOq6D/

4230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका