जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

१८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्ने भएको हो ।

बैंकले बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल, १८२ दिन अवधिको २ अर्ब २५ करोडको ट्रेजरी बिल र ३६४ दिन अवधिको ३ अर्बको ट्रेजरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । २८ दिनको ट्रेजरी कात्तिक २२ गते,९१ दिनको ट्रेजरी पुस २६ गते, १८२ दिनको चैत २८ गते परिपक्व हुनेछ । त्यस्तै ३६४ दिन अवधिको ट्रेजरी २०८० असोज २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेकाे छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका