जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको डिबेन्चर बाँडफाँड सम्पन्न

लक्ष्मी बैंकको डिबेन्चर बाँडफाँड सम्पन्न

लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित रु २ अर्ब मूल्य बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो ।

कूल निष्कासित २०,००,००० कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र व्यक्तिगत तवर तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९,२०,००४ कित्ता ऋणपत्र जारी गरिएको हो । ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । आज बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

7870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका