जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सरकारले दियो स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख भुक्तानी

सरकारले दियो स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख भुक्तानी

सरकारले पछिल्लो पटक स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार गत असोज १४ गतेको निर्णय बमोजिम सरकारले असोज २४ गते विभिन्न स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गरि बाँकी कुल ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी दिएको हो ।
यस्तो भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकीहरू रहेका छन् ।

उसो त यस्तो भुक्तानी यसै आर्थिक वर्षको गत भदौ २२ गते ३३८ अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई सरकारले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७६८ रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ ।
योसहित चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा बापत कुल ३ अर्ब ३३ करोड ९३ लाख माथि भुक्तानी गरेको छ । स्वास्थ्य बीमा कार्याक्रम लागू भएयता सरकारले २४ अर्ब रुपैयाँ माथिको भुक्तानी गरिसकेको छ ।

1265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका