जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नबिल बैंकले सार्वजनिक गर्यो विभिन्न खाताको ब्याजदर

नबिल बैंकले सार्वजनिक गर्यो विभिन्न खाताको ब्याजदर

नबिल बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम् १०.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नबिल रेमिट्यान्स मुद्दती निक्षेपमा भने १३.१३३ प्रतिशत ब्याजदर तोकेका छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको बेसरेट ८.७७ प्रतिशत रहेको छ भने ब्याजदर अन्तर ४.३९ प्रतिशत रहेको छ ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका