जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन लाइफः नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७३ रुपैयाँसम्म बोनस पाउने

सिटिजन लाइफः नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७३ रुपैयाँसम्म बोनस पाउने

सिटिजन लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आव २०७७/७८ को वित्तीय विवरणमा आधारित बोनसदर बीमा समितिले यही कार्तिक ४ गते स्वीकृत गरेको थियो । नयाँ बोनसदर अनुसार सो कम्पनीमा बीमा गराएका बीमितहरुले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम् ७३ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् । घोषित बोनसदर अनुसार अग्रिम भुक्तानी सावधिकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

उक्त बीमा पोलिसी १० वर्षदेखि २४ वर्षसम्ममा पोलिसीहरु रहेका छन् । कम्पनीले आइतबार प्रकाशित बोनसदर अनुसार सावधिक जीवनबीमा लेखमा ९ वर्षसम्मका पोलिसीले ३८ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरुले ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका पोलिसीहरुले ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मका पोलिसीहरुले ६३ रुपैयाँ र ३० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ७३ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सिटिजन शुभारम्भ बीमा पोलिसीहरुमा ९ वर्षसम्मका पोलिसीले ३५ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले ३८ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरुले ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका पोलिसीहरुले ४५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ र ३० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ७० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सिटिजन लाइफले बिक्री गर्दै आएको बार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ९ वर्षसम्मका पोलिसीले २५ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरुले ३० रुपैयाँ, २० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ३५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

नयाँ बोनस दर अनुसार सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा ९ वर्षसम्मका पोलिसीले ३७ रुपैयाँ, १० देखि १४ वर्षका पोलिसीहरुले ३८ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका पोलिसीहरुले ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका पोलिसीहरुले ४२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका पोलिसीहरुले ५७ रुपैयाँ र ३० वर्ष सो भन्दा माथिका पोलिसीहरुले ७० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । नयाँ बोनसदर बीमा पोलिसी समर्पण गर्दा, दावी भुक्तानी गर्दा, मृत्यु दावी भुक्तानी गर्दा अर्को नयाँ बोनसदर आउन्जेलसम्मको लागि लागू हुने कम्पनीले जनाएको छ ।

1475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?