जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि, ७ हजारभन्दा बढी दाबी फर्छ्यौट

नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि, ७ हजारभन्दा बढी दाबी फर्छ्यौट

विगत २७ बर्षदेखि नेपाली बीमा बजारमा सेवा पु-याउँदै आएको नेको इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीलाई प्राथामिकतामा राख्दै आएको छ । कम्पनीले बीमितहरुको सेवालाई ध्यानमा राख्दै दाबी भुक्तानीलाई प्राथामिकता दिँदै आइरहेको हो । यसैबीच कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको दावी भुक्तानी गर्न बाँकी रहेको दाबीमध्ये जम्मा ३६७२ वटा दावीको ५२ करोड ९१ लाख (७४%) भुक्तानी गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को माघसम्म आइपुग्दा चालु आर्थिक वर्षमा परेका दाबी मध्ये ३४६४ वटा दाबीको १९ करोड ८० लाख (५७%) भुक्तानी गरिसकेको छ । त्यसैगरी यस आर्थिक वर्षकोे माघ महिनासम्म आइपुग्दा जम्मा ७१३६ वटा दाबीको रु ७२ करोड ७१ लाख भुक्तानी गरिसकेको छ । कम्पनीले कागजात पुरा भएका दावीहरुको यथाशीघ्र दावी भुक्तानी नीति लिएको दावीकर्ता बीमितहरुलाई बाँकी कागजात बुझाई यथाशीघ्र दावी भुक्तानी लिन समेत अनुरोध गरेको छ ।

1405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका