जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठ र पोखरेलको बढुवा

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठ र पोखरेलको बढुवा

हाल बोर्डमा डा. नवराज अधिकारी र विनय देव आचार्य कार्यकारी निर्देशन छन् ।

बोर्डले असोज १६ गते बढुवाको लागि आवेदन दिन आग्रह गरेको थियो । बोर्डले १६ जना कर्मचारीको बढुवाको लागि सूचना प्रकाशन गरेको थियो ।  बोर्डले कार्यकारी निर्देशक पदमा २ जना, उप कार्यकारी निर्देशक पदमा २ जना, प्रशासन समुहको निर्देशकमा ६ जना, कानुन समुहको निर्देशकमा १ जना, लेखा समुहको निर्देशकमा १ जना, सूचना प्रविधि समुहको निर्देशकमा १ जना, प्रशासन समुहको सहायक निर्देशकमा २ जना, र प्रशासन समुहको बरिष्ठ सहयक पदमा १ जनाको बढुवा गर्नको लागि आवेदन माग गरेको थियो ।

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्। बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ ।

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका