जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । आज बिहान  ९  बजे होटल मेरियटमा  दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा  र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन केहि प्रतिशत हकप्रद शेयर जारी गर्नु पर्नेछ ।

हाल सानिमाको  चुक्ता पूँजी २ अर्ब ८  करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १०  करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी ४ अर्ब १८  करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन  बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५  अर्ब  रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।

बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमलायन जनरल इन्स्योरेन्स कम्पनीले तथा प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स  सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफले  मर्जरको सहमति गरेका छन । तर अहिलेसम्म जीवन तर्फ कुनै पनि बीमा कम्पनीले एकिकृत कारोबार भने गरेका छैनन्

3760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका