जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • लुम्बिनी विकास बैंकमा स्याकार कम्पनीको (ज्योति समूह) दादागिरीले हद् नाघ्यो, रातारात दुई सीइयो नियुक्तः सीइओ श्रेष्ठ की बोहोरा, राष्ट्र बैंक बेखबर ? (प्रमाण सहित)

लुम्बिनी विकास बैंकमा स्याकार कम्पनीको (ज्योति समूह) दादागिरीले हद् नाघ्यो, रातारात दुई सीइयो नियुक्तः सीइओ श्रेष्ठ की बोहोरा, राष्ट्र बैंक बेखबर ? (प्रमाण सहित)

सधैं विवाद र चर्चामा आईरहने लुम्बिनी विकास बैंक लिमिटेड फेरि विवादमा फसेको छ भन्दा अब फरक पर्दैन । हामी जस्ता निरिह जनताहरुको साधारण शेयर र डिपोजिट रहेको लुम्बिनी विकास बैंकमा स्याकर कम्पकी प्रा.लि. अन्र्तगत ज्योति समूहको हस्तक्षेपले बैंक नै तहसनहस बन्दै छ भन्दा अब चाहि फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

कथा मिठो छ । गत २०७९/०३/२८ गते लुम्बिनी विकास बैंकको सञ्चालक समितिको साँझ ४ः३० बजे बसेको बैठकले २०७९/०४/०२ देखि लागु हुनेगरि ४ वर्षको लागि सीइओमा विजय बहादुर श्रेष्ठलाई नियुक्त गरेको थियो । यसको २ दिन नबित्दै विहिबार फेरि हालका सीइओ नरेश सिंह बोहोरालार्ई दोस्रो कार्याकाल थप गरिएको बधाई ज्ञापनको विज्ञापन लुम्बिनी विकास बैंकको आधिकारिक फेसबुक पेजमा राखिएको छ ।

विहिबार स्याकार कम्पनीका अध्यक्ष रुपज्योतिले बैंक भित्र हस्तक्षेप गर्दै २०७९÷०३÷२९ गते साँझ स्याकार कम्पनी प्रा.लि.को तर्फबाट सञ्चालक परिवर्तन गर्दै दशरथ रिसालको सट्टामा लुम्बिनी विकास बैंकको मेजर प्रमोटर शेयरधनी लोमस मानन्धरलाई संचालक पठाएको देखिन्छ भने सोही बैठकबाटै प्रविण कृष्ण श्रेष्ठलाई सञ्चालक समितिको नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको भेटिएको छ । पहिलो सञ्चालक समितिले सीइओ विजय बहादुर श्रेष्ठलाई २०७९÷०३÷२८ मा नियुक्त ग¥यो ।

 

भोलिपल्ट २९ गते सञ्चालक समितिमा एक सदस्य र अध्यक्ष नै परिवर्तन गर्दै पूर्व सीइओ बोहोरालाई नै थप ४ वर्षको कार्यकाल बढाईएको हामीलाई प्राप्त पत्रबाट देखिन्छ ।

एउटा व्यक्तिका लागि बैंकलाई नै तहसनहस र बदनाम हुने गरि दुई दिन नबित्तै संचालक समितिका सदस्य र अध्यक्ष नै परिवर्तन गरि पुन सीइओ बोहोरा नियुक्त गर्नुपर्ने कारण के हो ? कहाँ छ राष्ट्र बैंक किन बोल्दैन ? अब कसलाई राष्ट्र बैंकले सीइओ मान्ने हो बोहोरा कि श्रेष्ठ ? गर्भनर साब यो नालायकीपनलाई टुलुटुलु हेरिबस्न मिल्दछ र ?

यति सम्मकी अघिल्लो दिन २०७९/०३/२८ गते लुम्बिनी विकास बैंकका कम्पनी सचिव हरिकृष्ण सुवेदीले ४ वर्षका लागि २०७९÷०४÷०२ देखि लागु हुनेगरि विजय बहादुर श्रेष्ठलाई सीइओ संचालक समितिले नियुक्त गरेको पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटडलाई पठाएको देखिन्छ ।

त्यसको २ दिन २०७९/०३/३० गते विहिवार हालको सीइओ बोहोरा नै सीइओ भएको पत्र उनै कम्पनी सचिव सुवेदीले पठाएको देखिन्छ । के यो केटाकेटीको खेलौना हो बैंक ? हेक्का होस् । लुम्बिनी विकास बैंक हामी जस्ता निरिह र गरिब जनताको सर्वसाधारण र डिपोजिट भएको बैंक हो गर्भनर साब ।

एउटा व्यक्ति र समूहको आर्थिक स्वार्थका लागि लाखैं शेयरधनी र डिपोजिटकर्ताको विश्वास माथी घात गर्नेलाई किन राष्ट्र बैंकले स्पष्टिकरण सोध्दैन किन किनकी लुम्बिनी विकास बैंकका संचालक समितिलाई कारवाही गर्दैन । यो चाहि हामीले खोजीकै विषय बनाएका छौं । हेक्का होस् ।

स्मरणीय होस् हामीलाई बोहोरा वा श्रेष्ठ जो सीइओ भए पनि चासोको विषय होइन । तर, प्रकृया विपरित रातारात एउटा स्वार्थ समूहले बैंक चलउन पाइदैन । जहाँ जनताको विश्वास मात्रै छैन । दुःखले कमाएको सम्पत्तीको केही भाग पनि छ । सचेत भया ।

6150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका