जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ८४ करोड रुपैयाँ

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १० अर्ब ८४ करोड रुपैयाँ

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम  त्रैमासम्म १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणमा १९ निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब भन्दा बढीको कुल बीमा शुल्क आर्जन गरेको उल्लेख छ।  यो रकम आर्थिक वर्ष २०७७/ ७८ को भन्दा ११. ८५ प्रतिशतले बढी हो। सो अवधिमा कम्पनीहरुले ९ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्कु आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको ३ महिनामा निर्जीव बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन  राष्ट्रिय बीमा कम्पनीले गरेको छ । कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।

धेरे बीमा शुल्क आर्जन गर्ने दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले असोज महिनामामात्र ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क  आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीको बीमा शुल्क २६ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ ।

नेको इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा कम्पनीको बीमा शुल्क २८ करोड ८६  लाख रुपैयाँ थियो ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको त्रैमासमा ७६ करोड ४९  लाख रुपैयाँ आर्जन गरेको छ ।असोज महिनामा कम्पनीको बीमा शुल्क २२ करोड रुपैयाँभन्दा बढी छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्ससले ७३ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ बीमा शुल्कबाट संकलन गरेको छ । प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासमा ५६ करोड ९८ लाख रुपैयाँ  बीमा शुल्क छ ।

यसैगरी लुम्बिनी इन्स्योरन्सको ५० करोड २४ लाख, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख तथा आईएमईको ४४ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन देखिएको छ।

नेपाल इन्स्योरेन्सको ४२ करोड ७६ लाख, प्रभु इन्स्योरेन्स ४१ करोड २९ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्टलले ३९ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन्।

यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड १८ लाख, नेशनल इन्स्योरेन्स ३२ करोड ८३ लाख, युनाइटेड ३२ करोड ३१ लाख र  सानिमा जनरल इन्स्योरेन्सले  २८करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ।

यसमध्ये  सबैभन्दा कम बीमा शुल्क जनरल इन्स्योरेन्सको  छ । कम्पनीले २५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

1915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका