जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभिजनको नयाँ व्यवस्थाले मुक्तिनाथको नाफामा हिट

प्रभिजनको नयाँ व्यवस्थाले मुक्तिनाथको नाफामा हिट

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खूद नाफा सामान्य घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ खूद मुनाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७४ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो ।

यस्तै, अघिल्लो वर्ष ४९ करोड ३६ लाख रहेको सञ्चालन मुनाफा पनि घटेर ४३ करोड ९१ लाखमा सीमित भएको छ ।

बिषम परिस्थितिमा पनि मुक्तिनाथ विकास बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब २ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी ८३ करोड ७६ लाखमा सीमित थियो । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले २२.२३ प्रतिशतको प्रगति गरेको छ ।

1815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका