जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रजनी फ्याक्टरले गुम्यो ‘हात्ती राजु’को सांसद पद, पूर्णबहादुरसँग देउवाको जोर चलेन

रजनी फ्याक्टरले गुम्यो ‘हात्ती राजु’को सांसद पद, पूर्णबहादुरसँग देउवाको जोर चलेन

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेता डा. आरजु देउवाले जोडबल गर्दा पनि वागमती प्रदेशका महामन्त्री राजु थापालाई प्रदेश सभाको समानुपातिक सांसद बनाउन असफल भएका छन् ।

देउवा दम्पत्तीमाथि हाबी हुने शक्तिशाली नेता भने पूर्णबहादुर खड्का हुन् भने उनलाई कांग्रेसका देउवानिकट अन्य नेताले समेत साथ दिएपछि प्रदेश महामन्त्री श्रेष्ठ आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा भएर पनि सांसद बन्नबाट बन्चित भएका छन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार समानुपातिकका सांसद छान्ने बैठकमा सभापति देउवाले, ‘ए बाबा भाइहरु ! मेरो बाध्यता बुझिदिनुस् क्या । भन्देखिनलाई राजु श्रेष्ठ एक नम्बरमा छ, प्रदेश महामन्त्री पनि हो, उसलाई बनाइदिउँ क्या’ भन्दै निकै आग्रह गरेका थिए । तर पूर्णबहादुरले मानेनन् ।

पूर्णबहादुरले हात्ती राजुसमेत भनिने श्रेष्ठमाथि स्थानीय चुनावमा अन्तर्घात गरेको प्रमाण नै पेश गरेर अडान कसेको बताइएको छ । ती नेताका अनुसार स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर उम्मेदवार रजनी थापालाई हात्ती राजुले हराएको आरोप छ ।

प्रदेश महामन्त्री श्रेष्ठले रजनीलाई टिकट नदिन प्रयास गरेका थिए । तर रजनीको पक्षमा प्रदेश सभापति इन्द्र बानियाले चट्टानी अडान लिए । बानिया त्यसबेला बालुवाटारको भित्रिया भएकाले अन्ततः बानियाकै रोजाइकी रजनीले टिकट पाएको कांग्रेस नेताहरुले बताएका छन् ।

रजनी झिनो मतान्तरले एमालेका प्रकाश अधिकारीसँग पराजित हुनुमा प्रदेश महामन्त्रीको प्रत्यक्ष संलग्नता रहेको खड्काले बताएका छन् । रजनीलाई टिकट दिलाउन खड्काको त्यसबेला महत्वपूर्ण भूमिका थियो । आफूले टिकट दिलाएकी रजनी हार्दा खड्का पनि आहत थिए ।

जबकी टोखा नगरपालिकाको उपमेयरमा कांग्रेसका मुरारी तामाङले करिब ५ सयको मतान्तरमा जितेका छन् । रजनीको पराजयमा कांग्रेसकै नेताहरुको प्रत्यक्ष संलग्नता रहेको र उनीहरुको संरक्षण प्रदेश महामन्त्रीले गरेको आरोप छ । महामन्त्री थापा भने बुढानिलकण्ठ नगरपालिकाका हुन् । उनी २०७४ मा मेयरमा पराजित भएका थिए ।

यसपटक उनी समानुपातिकको १ नम्बरमा बसेर प्रदेश सांसद सुरक्षित बनाएका थिए । डा. आरजुको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी पाएकामध्ये एक मानिने राजु सांसद बन्नेमा सबै ढुक्का थिए । तर पूर्णबहादुर बिच्किएकै कारण उनी चिप्लिदा धादिङका बयोबृद्ध नेता शिव अधिकारीले प्रदेश सांसद बन्ने मौका पाएका छन् ।

हात्ती राजुमाथि गगन थापा हराउनका लागि असफल प्रयास गरेको आरोप समेत बुढानिलकण्ठका कांग्रेस कार्यकर्ताले लगाएका छन् । उनलाई बालुवाटारले गगन हराउन प्रयोग गरेको निकट कार्यकर्ताको आरोप छ ।

हात्ती राजु तीनै व्यक्ति हुन् जसलाई माओवादी शान्ति प्रक्रियामा आए लगत्तै अर्धसैनिक जत्था वाइसिएलले काठमाडौंका गुण्डाहरुमाथि जनकारवाही गर्ने नाममा सबैलाई गोदाबरीमा लगेर शिविरभित्र राख्ने क्रममा राजुलाई पनि लगेका थिए । उनको गाडी लामो समयसम्म माओवादीले कब्जामा लिएर अध्यक्ष प्रचण्ड चढेका थिए भने पछिल्लो चरणमा देवेन्द्र पौडेलले चढेका बेला राजुले फिर्ता लगेका थिए

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका