जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भन्सारमै रोकियो दशैंको सामान

भन्सारमै रोकियो दशैंको सामान

दसैं र तिहारका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध भएकाले केरुङबाट आयात गरिएका सामान रसुवा भन्सारमै रोकिएका हुन्।

पहिरोका कारण सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे-गाङ सडकखण्ड अवरुद्ध छ। उक्त सडक तत्काल खुल्ने अवस्था छैन । पहिरोका कारण मैलुङ–स्याफ्रबेंसी सडकखण्ड पनि अवरुद्ध छ। यो खण्डमा भने शनिबारबाट पहिरो पन्छाउन थालिएको छ। नाका जोड्ने सडक अवरुद्ध हुँदा दसैंका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएको नेपाल चेम्बर अफ कमर्सका भन्सार सभापति नीरज राइले बताए।

‘चाडबाडको मुखैमा नाका जोडने सडक अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । दसैं सुरु हुन दुई हप्ता मात्र बाँकी छ,’ उनले भने, ‘ती सामान समयमै काठमाडौं पुयाउन सकिएन भने व्यापारीहरूले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउँछ, लामो समय यातायात अवरुद्ध हुँदा स्याउलगायत फलफूल कुहिने डर छ। अहिले दसै र तिहारका लागि चीनबाट धमाधम सामान आयात भइरहेको छ।

5625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?