जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंकले सुरु गर्यो ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स’ सेवा

प्रभु बैंकले सुरु गर्यो ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स’ सेवा

प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुआत गरेको छ।

यस सेवामार्फत विदेशबाट प्रभु बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाइएको छ। यस सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशबाट नेट बैंकिङ, मोबाइल वा एटीएममार्फत प्रभु बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेबिट कार्डका सम्पूर्ण ग्राहकले अधिकतम लाभ लिनेछन् भन्ने बैंकले पूर्ण विश्वास लिएको छ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?