जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बंगलादेश बैंकले घोषणा गर्यो १२% लाभांस

बंगलादेश बैंकले घोषणा गर्यो १२% लाभांस

नेपाल बंगालदेश बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ।

शुक्रवार बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा पेश गर्ने छ। बैंकले गतवर्ष भन्दा बढाएर लाभांस दिने भएको हो।बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ छ। यही पूँजीको ५ प्रतिशत अर्थात ४० करोड ४४ लाख रुपैयाँ बोनस शेयर पछि चुक्ता पूँजी ८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ।

बैंकले गतवर्ष एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो। जस मध्ये लाभांस बाँड्न योग्य नाफा भने ९४ करोड ९६ लाख रुपैयाँ मात्रै थियो।

बैंकले विगतका वर्षमा दिएको लाभांस

आर्थिक वर्ष बोनस शेयर नगद लाभांस जम्मा लाभांस
2075/2076 5 7 12
2074/2075 0 10.53 10.53
2073/2074 12 3.79 15.79
2072/2073 32 1.68 33.68
2071/2072 25 1.32 26.32
2070/2071 10 12 22
2069/2070 10 7.89 17.89

 

त्यस्तै सहयोगी विकास बैंकले गत वर्षको मुनाफाबाटै १९.०३ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ। शनिवार बसेको सञ्चालक समितिले १९.०३ प्रतिशत नगद लाभांस दिने निर्णय नेपाल राष्ट्र बैंकमा पेश गर्ने गरि घोषणा गरेको हो।

राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि मात्रै बैंकले साधारणसभाबाट पारित गर्नेछ।

बैंकले विगतका वर्षमा प्रदान गरेको लाभांस

आर्थिक वर्ष बोनस शेयर नगद लाभांस जम्मा लाभांस
2074/2075 0 17 17
2073/2074 20 4.5 24.5
2072/2073 22 1.16 23.16
2071/2072 28 1.47 29.47
2070/2071 26 10 36
2069/2070 26 8.5 34.5

5695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका