जोडिनुहोस
सोमवार, फाल्गुन १४, २०८०
सोमवार, फाल्गुन १४, २०८०
  • होमपेज
  • बैंककाे ऋण तिर्न श्रीमानले मरेकाे नाटक गरे, श्रीमतिले लिइन् कराेडाैंकाे दाबी रकम

बैंककाे ऋण तिर्न श्रीमानले मरेकाे नाटक गरे, श्रीमतिले लिइन् कराेडाैंकाे दाबी रकम

जीवन बीमा दाबीमा धोखाधडीको विश्व चर्चित कुख्यात घटनामध्ये एक ब्रिटिश जोडी जोन र एनी डार्विनले गरेकाे मृत्यु दाबीकाे घटना पनि हो । यी दुबैकाे कुकृत्यले फर्जी बीमा दाबी विरूद्ध जनचेतना अभिवृद्धिका लागी निर्मित धेरै वृत्तचित्रहरूकाे निर्माणमा प्रेरित समेत गरेको छ।

घर, गाडी र बिलाशितापूर्ण जीवन यापनका लागी अनावश्यक बै‌ंक ऋण लिएर फजुल खर्च गरेपछि ऋणकाे चपेटामा परेका यी बेलायती दम्पत्तीले बेलायती जीवन बीमा कम्पनी ब्रिटमा मृत्यु दाबी भुक्तानी माग्ने याेजना बनाए । र यही याेजना अन्तर्गत श्रीमान् जाेन कथित क्यानाेइङ (नदी वा समुद्री छालमा एक्लै नाैका बिहार गर्ने नाउ) दुर्घटनामा परेर मृत्यु भएकाे नाटक गरे ।

सन् २००२ मा कथित दुर्घटनामा परेर आफ्नाे पति जाेनकाे निधन भएकाे आधारमा एनी डार्विनले जीवन बीमक ब्रिटसँग ६ लाख ८० हजार बेलायती पाउण्ड (हालकाे विनिमय दर अनुसार ९ कराेड ६२ लाख नेपाली रुपैयाँभन्दा बढी) दाबी हात पारिन् । यति ठूलाे रकम हात पारेपछि एनीले बैंककाे सबै कर्जा चुक्ता गरिन् । त्यसपछि एनी आफ्नाे कथित मृतक पति जाेनसँगै पनामा टापुमा नक्कली पहिचानकाे आधारमा नयाँ जीवन शुरु गरे ।

अपराध लामाे समयसम्म लुकाउन सकिन्न भन्ने यथार्थ भएकाले यी दम्पत्ती अन्ततः पनामा टापुबाट नै पक्राउ परे। उनीहरुलाई बीमा कम्पनीले सामाजिक सञ्जालमा फेला परेकाे ताजा पाेष्टकाे आधारमा पनामामा मृतक भनिएका जाेन र उनकी श्रीमति सँगसँगै रहेकाे पत्ता लगाए पछि प्रहरीकाे सहयाेगमा पक्राउ गरे । उनीहरुलाई बीमा दाबीमा कपट गरेकाे अभियाेगमा बेलायती अदालतले छ‍-छ वर्षको जेल सजाय सुनाएको थियो।

640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका