जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • जीवन बीमा कम्पनीमा पस्यो सीइआईबी, सीइओसाबहरुको निद्राहरामः १ वर्षमा १२ अर्ब १८ करोडको बीमा लेख सरेन्डरः बीमा समिति बेखबर

जीवन बीमा कम्पनीमा पस्यो सीइआईबी, सीइओसाबहरुको निद्राहरामः १ वर्षमा १२ अर्ब १८ करोडको बीमा लेख सरेन्डरः बीमा समिति बेखबर

सुन्दा पनि डर लाग्ने हेर्दा त जीउ सिरिङ्ग हुने काम नेपालका जीवन बीमा कम्पनीहरुले गरेको फेला परेको छ । अभिकर्ताहरुलाई कमिशन, प्रमोटर शेयरधनीलाई डब्बल डिजिटमा लाभांश र सीइओ साबहरुको महँगो जागिर बचाउन घिन लाग्दो परम्परा र संस्कारले जीवन बीमा कम्पनीहरुमा डरलाग्दो बीमा लेखको सरेन्डर भएको तथ्य बाहिर आएको छ । अभिकर्ता, जीवनबीमा कम्पनीका सीइओ साब देखि उच्च कर्मचारीकै मिलोमतोमा गरिने ठूला बीमा बीचमै सरेन्डर गराएर बाँडिचुडि भागवण्डामा खाने गरेको तथ्य सबैमा छलंङ्ग नै छ । यति सम्मकी कसले बढि बीमा लेखको रकम जम्मा गर्ने होडबाजी र प्रतिस्पर्धाले एजेन्ट (अभिकर्ता) मार्फत ठूला बीमा गराउने र अन्डरराईटिङमा सीइओ र विभागिय प्रमुखले आँखा चिम्लिने परम्पराले बीमा बजारमा विकृती बढेको मात्रै छैन, व्यक्ति हत्या गरेर बीमाको दाबी भुक्तानी भएको भेटिएको छ भन्दा फरक पर्दैन । यसको पछिल्लो उदाहरण हुन् सर्जन बि.क. भन्दा अन्यथा नहोला । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

महंगा तलब, करोडौंको गाडी, सान, प्रतिष्ठा र इज्जत पाएका जीवन बीमा कम्पनीहरुका सीइओसावहरुको एक पछि अर्को गल्तीले बीमा रकमकै लोभमा आफन्तबाटै हत्या देखि दाबी भुक्तानी लिएका घटना बाहिर आएको देखिन्छ । यो बीमा बजारको घीनलाग्दो क्रियाकलाप मात्रै होइन बीमा किन गर्ने भन्ने प्रश्न अगाडी आएको छ भन्दा अब फरक पर्दैन ।

यो एउटा पीडादायी हत्याकाण्ड बाहिर आएसंगै जीवन बीमा कम्पनी भित्र यस्ता सयौ बीमा लेख रहने र कतिको दाबी भुक्तानी भईसकेको हुन सक्ने आशंकामा नेपाल प्रहरीको सीआईबीले जीवन बीमा कम्पनीहरुलाई बीमा बजारको नियमनकारी निकाय बीमा समिति मार्फत नभई सीधै जीवन बीमा कम्पनीहरुलाई दुर्घटनामा परेर मृत्यु भएका बिमितहरुको परिवारजनलाई दिईएको दाबी भुक्तानी सम्बन्धी विस्तृत तथ्याङ्ग र विवरण माग गरेको मात्रै छैन टोली नै बनाएर पठाएको प्रहरी उच्च स्रोतको दाबी छ । सीआईबीको पछिल्लो गतिविधि र सर्जन वि.क.को हत्या पछि गरिएको दाबी भुक्तानीको घटना बाहिर आएसंगै जीवन बीमा कम्पनीका सीइओ साबहरु आफू फसिने पो हो कि भन्ने डरले निद्राहराममा परेका छन् भन्दा फरक पर्दैन ।

 

महंगा तलब, करोडौंको गाडी, सान, प्रतिष्ठा र इज्जत पाएका जीवन बीमा कम्पनीहरुका सीइओसावहरुको एक पछि अर्को गल्तीले बीमा रकमकै लोभमा आफन्तबाटै हत्या देखि दाबी भुक्तानी लिएका घटना बाहिर आएको देखिन्छ । यो बीमा बजारको घीनलाग्दो क्रियाकलाप मात्रै होइन बीमा किन गर्ने भन्ने प्रश्न अगाडी आएको छ भन्दा अब फरक पर्दैन । हेक्का होस् । आर्थिक वर्ष २०७९÷०८० मा मात्रै १९ जीवन बीमा कम्पनीले १ खर्ब ३८ अर्ब ३५ करोड भन्दा बढिको बीमा लेख विक्री गरेका थिए । त्यसमा १२ अर्ब १८ करोड मूल्यका पोलिसी सरेन्डर भएको बीमा समितिकै तथ्याङ्गबाट पुष्टी भएको छ भन्दा फरक पर्दैन । हेक्का होस् । तथ्याङ्गले देखाउछः– नेपाल लाइफले ३५ अर्ब ३५ करोड ३ लाख प्रिमियम संकलन गरेकोमा पोलिसी सरेन्डर वापत ५ अर्ब १ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ । जुन कुल प्रिमियम संकलनको १४।१९ प्रतिशत हो । भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

यस्तै गुराँस लाइफले गत आबमा संकलन गरेको कुल प्रिमियमको १२.६८ प्रतिशत रकम बीमालेख समर्पण वापत भुक्तानी गरेको छ । राष्ट्रिय बीमा संस्थानले १०.०९ प्रतिशत, एशियन लाइफले ८.५७ प्रतिशत, मेट लाइफले ६.९० प्रतिशत, नेशनल लाइफले गत आर्थिक वर्षमा संकलन गरेको कुल प्रिमियमको बीमालेख समर्पण वापत भुक्तानी गरेको भेटिएको छ । नयाँ कम्पनीकोरुपमा आएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफले गत आबमा १ अर्ब ५९ करोड ५६ लाख कुल बीमाशुल्क संकलन गर्दा बीमालेख समर्पण वापत ६ करोड ४१ लाख भुक्तानी गरेको छ । जुन गत आबको कुल प्रिमियमको ४.०२ प्रतिशत हो । भन्दा अब फरक पर्दैन । सर्जन बि.क.को हत्यापछि बीमा लेखको २ करोड ५० लाख भुक्तानी गरेर चर्चा कमाएको रिलायन्स लाइफ कम्पनीले पनि गत आबमा संकलन गरेको कुल प्रिमियमको ४।७३ प्रतिशत बीमालेख समर्पण वापत भुक्तानी गरेको देखिन्छ । बीमा समितिका अध्यक्षज्यू ।

बीमा कम्पनीहरुमा पोलिसी सरेन्डर (बीमालेख समर्पण) उच्च भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा १२ अर्ब १८ करोड ५ लाख ‘पोलिसी सरेन्डर’ भएपछि त्यसलाई नियन्त्रण गर्न हालको समर्पण अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष बनाउने पु¥याउने बारे बीमा समितिले तयारी थालेको छ । गत आर्थिक वर्ष २०७८र७९ मा जीवन बीमा कम्पनीले कुल १ खर्ब ३८ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जसको ८।८० प्रतिशत अर्थात १२ अर्ब १८ करोड ५ लाख रुपैयाँ बराबरको ‘पोलिसी सरेन्डर’ भएको भेटिएको छ । यो बीमा बजारकै लागि डरलाग्दो अवस्था हो भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

जीवन बीमा कम्पनीहरुमा सबैभन्दा ठूलो कमजोरी अन्डरराइटिङ (जोखिमाङ्कन) नै हो । अभिकर्ता नै पहिलो अन्डरराइटर गरेपनि सीइओ साब र उच्च कर्मचारीहरुले आफ्नो भूमिका बिर्सिंदा बीमामा विकृती फैलिएको प्रस्टै देखिन्छ । जीवन बीमा कम्पनीहरुका सीइओ र उच्च कर्मचारीहरुलाई नै अभिकर्ताले कमिसनको लोभमा बिमितको क्षमता नहेरी ठूलो बीमालेख जारी गर्न लगाउने केही वर्ष पछि प्रिमियम तिर्न नसक्ने भन्दै बीमालेख सरेन्डर गराउने काम गरेको भेटिएको छ ।

मोटो कमिशनको लोभ र चेतनाको कमी जीवन बीमामा बढेको देखिन्छ । जीवन बीमामा सबैभन्दा ठूलो भूमिका हुने अभिकर्ताहरुकै हो । नयाँ कम्पनी आएपछि पुराना कम्पनीबाट बीमालेख समर्पण गराएर कमिशनको लोभमा नयाँ कम्पनीमा बीमा गराएको भेटिएको छ । ‘पुराना कम्पनीबाट बीमालेख समर्पण गराएर नयाँमा बीमा गराउँदा बीमालेख बढी जारी गरेको जस्तो देखिने तर, बिमित पुरानै हुने अवस्था छ । यसले बीमामा चर्को बिकृती ल्याएको देखिन्छ ।
जीवन बीमा कम्पनीहरुमा सबैभन्दा ठूलो कमजोरी अन्डरराइटिङ (जोखिमाङ्कन) नै हो । अभिकर्ता नै पहिलो अन्डरराइटर गरेपनि सीइओ साब र उच्च कर्मचारीहरुले आफ्नो भूमिका बिर्सिंदा बीमामा विकृती फैलिएको प्रस्टै देखिन्छ । जीवन बीमा कम्पनीहरुका सीइओ र उच्च कर्मचारीहरुलाई नै अभिकर्ताले कमिसनको लोभमा बिमितको क्षमता नहेरी ठूलो बीमालेख जारी गर्न लगाउने केही वर्ष पछि प्रिमियम तिर्न नसक्ने भन्दै बीमालेख सरेन्डर गराउने काम गरेको भेटिएको छ ।

अस्वस्थ प्रतिस्पर्धा र गलत नीति मुख्य कारक बीमा बजारमा छ भन्दा फरक पर्दैन । बीमा रकम हत्याउन बाँके कोहलपुरमा एक जना बिमित युवकको हत्या भएको घटनालाई लिएर बीमा क्षेत्र तरंगित बनेको मात्रै छैन । रिलायन्स लाईफ इन्स्योरेन्सका उच्च कर्मचारीको मुटुले ठाउँ छाडेको छ । उनीहरु कतै फसिने पो हो कि भन्ने डर पालेर हिडेको देखिन्छ । दुई करोड पचास लाख बराबरको बीमा रकमको लागि एउटा गिरोहले एक २१ वर्षीय युवकको सुनियोजित हत्या गरेको घटनाले बीमा क्षेत्रमा लामो समयदेखि काम गरिरहेकालाई तर्साएको देखिन्छ । भन्दा फरक पर्दैन ।

बीमा समितिले उक्त पोलिसी डकेटु मा अध्ययन गरेर आवश्यक कारबाही बढाउने समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले पंक्तिकारसंग बताए । यस घटनाले बीमा क्षेत्र धेरै तरंगित र त्रसित हुनुपर्ने अवस्था आएको छ भन्दा फरक पर्दैन ।

केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरिरहेको यो घटनामा अहिले बीमा समितिसमेत तानिएको देखिन्छ । बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्सलाई घटनाबारे विस्तृत विवरण बुझाउन दिएको २४ घन्टे अल्टिमेटमपछि रिलायन्स लाईफ इन्स्योरन्सले पोलिसी डकेट बुझाएको भेटिएको छ । बीमा समितिले उक्त पोलिसी डकेटु मा अध्ययन गरेर आवश्यक कारबाही बढाउने समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले पंक्तिकारसंग बताए । यस घटनाले बीमा क्षेत्र धेरै तरंगित र त्रसित हुनुपर्ने अवस्था आएको छ भन्दा फरक पर्दैन । हेक्का होस् ।

यस घटनालाई बुढी मरी भन्दा पनि काल पल्क्योु भन्ने उक्तिलाई पुष्टि गरेको बताए । जसरी बीमा गरिएको छ र जुन प्रकारले दाबी गरी त्यसको भुक्तानी भएको छ, यसले धेरै प्रश्नहरु खडा गरेको छ, भन्दा फरक पर्दैन । यो घटनामा को–को कसरी संलग्न छन् भन्ने जति महत्त्वपूर्ण छ, त्यो भन्दा पनि बढी महत्वपूर्ण यस घटनाको प्रमुख कारण के हो भन्ने नै छ । भन्दा अब फरक पर्दैन । २ करोड ५० लाख को जीवन बीमा आफैंमा सानो रकम होइन । यत्तिको ठूलो रकमको बीमाको स्वीकृति प्रक्रिया बीमा अभिकर्ता र शाखा प्रमुखसम्म मात्र सीमित रहँदैन हेक्का होस् । यत्तिका ठूलो रकम बराबरको बीमालेख स्वीकृतिका लागि संस्थाका सीईओ, डेपुटी सीईओ, अन्डरराइटिङ हेड लगायतको स्वीकृति गर्ने गरेको बीमा समिति उच्च स्रोतको दाबी छ ।

सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति, जसको वार्षिक आय दुई लाख पनि पुग्दैन, त्यस्तो व्यक्तिको १ करोड २० लाखको सावधिक र ७० लाखको म्यादी गरी १ करोड ९० लाखको जीवन बीमा प्रस्ताव रिलायन्स लाइफका सीइओ पोखरेलले स्वीकार कसरी गरे भन्ने यो प्रश्नको उत्तर हामीले खोजी गरिरहेका छौं ।

यस घटनामा समातिएका ६ जनाले कानुनअनुसारको सजाय पाउनेनै छन् । तर सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति, जसको वार्षिक आय दुई लाख पनि पुग्दैन, त्यस्तो व्यक्तिको १ करोड २० लाखको सावधिक र ७० लाखको म्यादी गरी १ करोड ९० लाखको जीवन बीमा प्रस्ताव रिलायन्स लाइफका सीइओ पोखरेलले स्वीकार कसरी गरे भन्ने यो प्रश्नको उत्तर हामीले खोजी गरिरहेका छौं । हेक्का होस् । केन्द्रीय अनुसन्धान ब्युरोको अहिलेसम्मका अनुन्धानबाटै बाहिर आएका घटना हेर्दा यो जीवन बीमा सहजै भएको देखिएकाले यसमा सम्बन्धित कम्पनीले मात्र नभई नियामक बीमा समितिले समेत आँखा चिम्लिएको आशंका छ भन्दा अब फरक पर्दैन । सचेत भया ।

6450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?