जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • बुद्ध एयरको टिकट खरिद गर्दा अब ‘आइएमई पे’बाट भुक्तानी गर्न सकिने

बुद्ध एयरको टिकट खरिद गर्दा अब ‘आइएमई पे’बाट भुक्तानी गर्न सकिने

बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ। आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आज आइतबार सम्झौता भई सो सेवा सुरु गरिएको हो।

सम्झौता अनुसार अब यात्रुले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै  पैसा तिर्न सक्ने छन्। यसका साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्नेछन्।

आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरुका माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै आफ्ना प्रयोगकर्ताको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

3095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका