जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता

एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता

एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबीएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।

बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

4695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका