जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • स्मार्टच्वाइसकोे स्मार्ट क्युआर सञ्चालनमा

स्मार्टच्वाइसकोे स्मार्ट क्युआर सञ्चालनमा

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको हो ।

परम्परागत प्रणालीलाई स्तरोन्नती गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेको छ ।

स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभी को स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यबस्था गरिएको छ ।

स्र्माट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हँुदा यसको वृहत्तर पहँुच रहेको छ । साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्र्माट क्युआर को माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहँुचलाई अझै बिस्तार गर्दै लैजाने कम्पनीको लक्ष्य रहेको छ ।
ग्राहकबर्ग र व्यापारी दुबैलाई सजिलो

स्मार्ट क्युआर प्रयोगकर्तालाई छुट अफर
स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल  Department Store र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर सार्वजनिक गरेको छ । यो अफर अन्र्तगत Wallet प्रयोगकर्ताले Salesberry, Daily Grocery, NEWmart तथा Department Store / Gyapu, Muncha tyf Infistore जस्ता १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसका अलाबा काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी Restueant मा समेत Wallet प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुबिधा रहेको छ ।

8060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका