जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकर संघका अध्यक्ष भन्छन्: मौद्रिक नीति सक्रिय हुँदासमेत वित्त नीति हराएको छ

बैंकर संघका अध्यक्ष भन्छन्: मौद्रिक नीति सक्रिय हुँदासमेत वित्त नीति हराएको छ

नेपाल बैंकर्स संघका अध्यक्ष अनील उपाध्याय मौद्रिक नीतिले मात्रै अर्थतन्त्र चलायमान बनाउने प्रयास गरिरहेकाले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उपाध्यायले मौद्रिक नीतिले देश चलाएको छ कि वित्त नीतिले चलाएको छ भन्ने ठूलो द्विविधा भएको बताए ।

‘अर्थतन्त्र चलाएमान बनाउन मौद्रिक नीतिले मात्रै भुमिका खेल्दा निजी क्षेत्र र बैंक बीच द्वन्द बढेको छ,’ उपाध्यायले भने,‘वित्त नीतिले लिएका लक्ष्य पुरा गर्न मौद्रिक नीतिले सहयोग गर्नु पर्ने हो । तर, पछिल्लो १ वर्ष देखी मौद्रिक नीति सक्रिय छ भने बित्त निती हराएको छ ।’

कोरोना महामारीको क्रममा समेत मौद्रिक नीतिले मात्रै बजारमा तरलता प्रवाह गरेको उपाध्यायले बताए ।

‘सरकारले आर्थिक गतिविधी चलायनमान गराउन प्रभावकारी भुमिका खेल्न सकेको छैन,’ उपाध्यायले भने, ‘बजारमा नयाँ स्रोत बढ्न सकेको छैन । सरकारले पर्याप्त वैदेशिक स्रोत परिचालन गर्न सकेको छैन । नयाँ सोच परिचालन नहुँदासम्म अहिले देखिएका समस्या समाधान हुन कठिन छ ।’

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका