जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट’ खाता

प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट’ खाता

प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट’ खाता सञ्चालनमा लयाएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्देश्यले ‘रेमिट्यान्स डिम्याट’ खाता सञ्चालनमा ल्याएको हो ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्येश्यलाई सघाउ पुरयाउन यो योजना ल्याएको जनाएको छ । उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिटयान्समा उल्लेखनीय योगदान गरेकोमा “देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान” भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो ।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ । यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिमयाट खाता खोली लाभन्वित हुन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका