जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १३ अर्ब, कर्जा परिचालनको अवस्था कस्तो ?

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १३ अर्ब, कर्जा परिचालनको अवस्था कस्तो ?

बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चैत ९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँमा सिमित भएको छ ।

राष्ट्र बैंकका अनुसार गत चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो । चैत ९ गते वाणिज्य बैंकहरुको निक्षेप भने १४ अर्ब रुपैयाँले घटेको छ । गत चैत ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा चैत ९ मा घटेर ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको हो ।

यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । गत चैत ८ गते बैंक तथा वित्तीय संस्थाहरुले कुल ४६ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेकोमा चैत ९ गते पनि कर्जा परिचालनको अवस्था ४६ खर्ब ९४ अर्ब रुपैयाँमै सिमित रहेको छ । चैत ९ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ९०.९६ प्रतिशत पुगेको छ ।

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका