जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मोबाइल बैकिङ एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।

यो अफर आज भदौ १५ गतेदेखि असोज १४ गतेसम्म लागू हुनेछ। मोबाइल बैंकिङ एपमा उपलब्ध कनेक्टरआईपीएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ। सोको जानकारी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ।

फन्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी सेन्ड मनीमा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ। मोबाइल बैंकिङबाट फन्ड ट्रान्सफर गर्न कनेक्टरआईपीएस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

कनेक्टरआईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक छैन। हाल मोबाइल बैकिङमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन रु. ३ लाखसम्मको फन्ड ट्रान्सफर गर्न सकिन्छ।

कनेक्टआईपीएस फन्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ। आर्थिक वर्ष २०७९–८० मा यस च्यानलमार्फत १४.७ मिलियनभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ३ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका छन् र बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्कमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?