जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने सरकारको निर्णय

गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने सरकारको निर्णय

सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने भएको छ।

मंगलबार बसेको मन्त्रीस्तरीय बैंठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुषदेखि लागुहुने गरी खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरुमा आयात प्रतिबन्ध निरन्तर दिएको थियो।

अब भने सरकारले पुषदेखि सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात गर्न पाउने जनाएको छ।

यस्तै नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले मूख्य सचिवले आफुहरुलाई आयात प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको बताए। ‘हामीलाई मूख्मय सचिवले गाडीहरुको आयात प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएका छन्,’ उनले भने।

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका