जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।

काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित सञ्चित मुनाफाबाट चुक्तापुँजी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३१५८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरीएको २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७ं८–७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरुलगायत अन्य विषयसूचीहरुउपर छलफल भई पारित गर्ने निर्णय भएको छ।
कम्पनीको अधिकृत पूँजी रु. १.५० अर्बबाट वृद्धि गरी रु. ३ अर्ब पुर्याउने विशेष प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत भएकोमा पारित भएको छ।

सभाले सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीको नियुक्ति सर्वसम्मतिबाट अनुमोदन भएको छ।

कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणअनुसार कुल बीमा शुल्क आम्दानी रु. २ अर्ब ३६ करोड, खुद बीमा शुल्क आम्दानी रु. ६७ करोड ०४ लाख, खुद नाफा रु. २३ करोड ८६ लाख रहेको छ।

आर्थिक वर्ष २०७८–७९ मा कम्पनीको कुल कारोबार अघिल्लो आर्थिक वर्ष २०७७–७८ कोे तुलनामा ११.३६ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गरेको छ र यसका मुख्य–मुख्य पोर्टफोलियोहरु निरन्तर वृद्धि भएको सभामा जानकारी गराइएको छ।

आर्थिक वर्ष २०७८–७९ मा कम्पनीको पुनर्बीमा कमिसन आम्दानी अघिल्लो वर्षको तुलनामा २६.१४ प्रतिशतले वृद्धि भई, रु. ३८ करोड ४० लाख पुनर्बीमा कमिसन आम्दानी आर्जन गरेको छ।

कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाइमा गर्दै आइरहेको छ। जसमा स्वदेशी पुनर्बीमा कम्पनीहरुसमेत समावेश गरिएको छ । बीमालाई बढीभन्दा बढी ग्राहकसम्म पुर्याउन शाखा बिस्तारलाई निरन्तरता दिँदै आइरहेको कम्पनीले जनाएको छ।

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका