जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ५० हजार बिक्यो एनटर्क स्कुटर, नक्सालदेखि धुलिखेसम्म राइड गर्ने

५० हजार बिक्यो एनटर्क स्कुटर, नक्सालदेखि धुलिखेसम्म राइड गर्ने

टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा ‘सेलिब्रेसन राइड’को आयोजन गर्ने भएको छ ।

यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरञ्जक खेल र सहभागीसंग एक अन्तरक्रियात्मक सत्रको समेत आयोजना गरिएको कम्पनीको भनाइ छ ।

सेलिब्रेसनका क्रममा सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याइ एनटर्किएन क्लबको गठन गरिनेछ । यसले सबै राइडरलाई एक अर्कासँग जोडिनका लागि सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल टीभीएस परिवारमा ५० हजार सदस्य पुगेकोमा खुसी व्यक्त गरे ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा शुरु गरिएको थियो । कम्पनीको यो स्कुटर छोटो समयमा सबैभन्दा बढी बिव्रmी हुने स्कुटर बन्न पुगेको दाबी छ ।

7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका