जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त

पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । एक सूचना जारी गर्दै कम्पनीले अर्थ मन्त्रालय अन्तर्गत अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव अर्याललाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिएको छ ।

यसअघि मंसिर ११ गते रवीन्द्र घिमिरेले पदबाट राजिनामा दिएसँगै कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो । घिमिरेले कोरोना बीमाको भुक्तानी दिने विषयमा बीमा प्राधिकरण र पुनर्बीमा कम्पनीबीच चलिरहेको विवादकै समयमा राजिनामा दिएका थिए ।

प्राधिकरणले कोरोना बीमाको भुक्तानीका लागि पटक–पटक दबाब दिएपछि घिमिरेले पुनर्बीमा कम्पनीको अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका