जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा संस्थानको नयाँ शाखा भक्तपुरको सुर्यविनायकमा

बीमा संस्थानको नयाँ शाखा भक्तपुरको सुर्यविनायकमा

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले नयाँ शाखा विस्तार गरेको छ । संस्थानले आफ्नो नयाँ शाखा भक्तपुरको सुर्यविनायकमा मंगलबार उद्धघाटन गरेको हो ।

राष्ट्रिय विमा संस्थानको जिवन बिमा अभियान सफल रुपमा विस्तार हुदै गएको छ । सो अर्तगत संस्थानले मंगलबार भक्तपुरको सुर्यविनायकमा जिवन बीमा शाखा संचालनमा ल्याएको हो ।

नयाँ शाखाको उद्घाटन गर्दै सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले खुशी व्यक्त गरे । उनले शाखा कार्यक्रमहरु सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले स्थानिय तहका राष्ट्रसेवकको पनि चाडै जीवन बीमा गराउने अभियान संचालन गर्ने जानकारी दिए । मेयरसंग उनले सो कार्यक्रम संचालन गर्न सहकार्य हुने जनाए ।

संस्थानका शाखा प्रमुख दिलकुमाल लामाले आफू शाखा प्रमुख हुँदा यस संस्थानको बुटवल शाखा देशभरिमध्येकै उत्कृष्ठ बनाएका थिए । सर्वोउत्कृष्ट सेवा प्रदान गर्दै यस शाखालाई पनि फेरी देशकै पहिलो बनाउन समर्पित हुने लामाले प्रतिबद्धता व्यक्त गरे ।

यस्ता छन् संस्थानका जीवन बीमा योजना
यस संस्थानको सर्वाधिक जीवन बीमा र दोहोरो दुर्घटना लाभसहितको सावधिक जीवन बीमा योजना रहेको छ । त्यस्तै, सस्थानको बालबच्चाको शिक्षा र विवाह सावधिक बीमा, अग्रिम भुक्तनी जीवन बीमा, आजिवन जीवन बीमा, बालबच्चाको जीवन बीमा योजना वात्सल्य, पति पत्नीको संयुक्त जिवन बीमा जीवन साथी, जीवन सुरक्षा सावधिक जीवन बीमा, बाल उमङ्ग जीवन बीमा, जीवन बन्धु दोहोरो लाभ जिवन बीमा योजना, म्यादी जीवन बीमा, सामुहिक जीवन बीमा र राष्सिेवक सामुहिक सावधिक जीवन बीमा योजना रहेको छ ।

अभिकर्ता परिचालन
यस संस्थानको बीमा चेतनाको विकाश गरी बीमा सेवालाई सर्वसाधरणसम्म पु¥याउन अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको छ । देशभरका विभिन्न शाखा अभिकर्ता उत्पादन र परिचालनमा पनि सक्रियता उल्लेखनिय छ ।

5700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका